हे मनमोहन…….

हे मनमोहन मुरलीवाला
हे मनमोहन मुरलीवाला
धोइदेऊ मनका काला
धोइदेऊ मनका काला
हे मनमोहन मुरलीवाला
हे मनमोहन मुरलीवाला

मुखले भाव यो सपना भन्छु
मनले बहुधा भेद म गर्छु
मोहित गर्छे माया रजनी
धनजन सारी हे नन्दलाला
हे मनमोहन मुरलीवाला

क्षणभङ्गुर यो देह म भन्छु
मनले यही नै शाश्वत गुन्छु
क्षणभङ्गुर यो देह म भन्छु
मनले यही नै शाश्वत गुन्छु
किन भो यस्तो हृदय बासी
मन मुखको यो चाल निराला
हे मनमोहन मुरलीवाला

घटघट बासी ईश्वर भन्छु
आफ्नो घटमा बिर्को कस्छु
खोजी गर्छु रनवन सारा
भक्ति पथको पाउ उज्याला
हे मनमोहन मुरलीवाला
धोइदेऊ मनका काला
धोइदेऊ मनका काला
हे मनमोहन मुरलीवाला
हे मनमोहन मुरलीवाला

शब्दः राममान तृषित
संगीत/स्वरः भक्तराज आचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!