हेरून एकैछिन कोमल बैँस
फूलमा लच्केको समिरमा झुलेर
मायामा हाँसी खेली हुर्केको बैँस
छल्कियो लाली ओठमा बोकेर
हेरून एकैछिन कोमल बैँस
फूलमा लच्केको समिरमा झुलेर
एक्लै नजाऊ त्यो फूलबारीमा
अँहाली देला लहराले ल है
एक्लै नजाऊ त्यो फूलबारीमा
अँगाली देला लहराले ल है
अल्झेर चुल्ठीमा समाई देला
अल्झेर चुल्ठीमा समाई देला
कलिला मुनाले फिजाई मोहिनी, फिजाई मोहिनी
हेरून एकैछिन कोमल बैँस
फूलमा लच्केको समिरमा झुलेर
मायामा हाँसी खेली हुर्केको बैँस
छल्कियो लाली ओठमा बोकेर
सर्माई छुप्छौ लाजले ओठ टोकी
ऐनामा आफैले देखेर मुहार
सर्माई छुप्छौ लाजले ओठ टोकी
ऐनामा आफैले देखेर मुहार
गुलाबी अधर खोलेर हाँस
गुलाबी अधर खोलेर हाँस
पिउँछु आँखाको त्यो नशा झुमेर, त्यो नशा झुमेर
हेरून एकैछिन कोमल बैँस
फूलमा लच्केको समिरमा झुलेर
मायामा हाँसी खेली हुर्केको बैँस
छल्कियो लाली ओठमा बोकेर
शब्दः रत्नलाल श्रेष्ठ
सङ्गीत/स्वरः प्रेमध्वज प्रधान