हेर हाम्रो देश कति राम्रो
जहाँ धर्ती गगन मिलेको छ
जहाँ एकले अर्कोसँग अमर माया गाँसेको छ
हेर हाम्रो देश कति राम्रो
जहाँ धर्ती गगन मिलेको छ
जहाँ एकले अर्कोसँग अमर माया गाँसेको छ
हामी यहाँको ढुङ्गालाई टुक्रा हिराको सम्झन्छौ
माटोको सानो चुलीलाई मुटुको टुक्रा सम्झन्छौ
जहाँ पुर्खाहरू शहीद भए
त्यहाँ आज फूल फुलेको छ
हेर हाम्रो देश कति राम्रो
जहाँ धर्ती गगन मिलेको छ
जहाँ एकले अर्कोसँग अमर माया गाँसेको छ
हामीलाई हाम्रै भर छ कसैको आड चाहिन्न
वीरको छाती लाख छ कसैको केही चाहिन्न
जहाँ आज हामी टेकेका छौ
त्यहाँ रगतले भिजेको छ
हेर हाम्रो देश कति राम्रो
जहाँ धर्ती गगन मिलेको छ
जहाँ एकले अर्कोसँग अमर माया गाँसेको छ
शब्द/संगीत/स्वरः बच्चु कैलाश