हजार आँखा छलेर……..

हजार आँखा छलेर म आश लिएर आएँ
उपहार दिऊँ भनेर गुँरास टिपेर ल्याएँ
प्रीतिको चिनो मानी यसलाई सम्हाली राखेँ
प्रीतिको चिनो मानी यसलाई सम्हाली राखेँ
जंघार सारा तरेर म आश लिएर आएँ
उपहार दिऊँ भनेर गुँरास टिपेर ल्याएँ
प्रीतिको चिनो मानी यसलाई सम्हाली राखेँ
प्रीतिको चिनो मानी यसलाई सम्हाली राखेँ
हजार आँखा छलेर म आश लिएर आएँ

वर्षौ वर्षौअघिको तिमीलाई पाउने धोको
युगौ युगौदेखिको माया जगाउने धोको
वर्षौ वर्षौअघिको तिमीलाई पाउने धोको
युगौ युगौदेखिको माया जगाउने धोको
इच्छा यो मनको जानी यसलाई सम्हाली राखेँ
इच्छा यो मनको जानी यसलाई सम्हाली राखेँ
हजार आँखा छलेर म आश लिएर आएँ

म त आफैदेखि धेरै टाढा पुगिसकेछु
तिमी मान या नमान तिम्रै म भईसकेछु
म त आफैदेखि धेरै टाढा पुगिसकेछु
तिमी मान या नमान तिम्रै भईसकेछु
छोटो यो जिन्दगानी यसलाई सम्हाली राखेँ
छोटो यो जिन्दगानी यसलाई सम्हाली राखेँ
जंघार सारा तरेर म आश लिएर आएँ
उपहार दिऊ भनेर गुँरास टिपेर ल्याएँ
प्रीतिको चिनो मानी यसलाई सम्हाली राखेँ
प्रीतिको चिनो मानी यसलाई सम्हाली राखेँ
हजार आँखा छलेर म आश लिएर आएँ

शब्दः रत्न शम्शेर थापा
संगीतः अम्बर गुरूङ
स्वरः अरूणा लामा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!