हाँस खेल गर्दा……

हाँस खेल गर्दा बसेछ दिल सम्झाउने कसरी
बेइमानी रैछौ नभन मलाई बिर्सनु कसरी
हाँस खेल गर्दा बसेछ दिल सम्झाउने कसरी
बेइमानी रैछौ नभन मलाई बिर्सनु कसरी

आँखाले दियो मुटुले थाम्यो कसैले देखेन
मनको कुरा मनले बुझ्यो अरूले बुझेन
मादल यहाँ बजेको छैन मन लाग्छ नाचुँ कि
संसारको सबै सुखलाई छोडी तिमीलाई मागुँ कि
भर्खरै मात्र लागेको चोट देखाउनु कसर
बेइमानी रैछौ नभन मलाई बिर्सनु कसरी

एक बाजी हाम्रो भईगयो भेट सधै नै भेटौँला
मनमा कुरा छन् जति बाँकी ति सबै कहुँला
अफ्ठ्यारो होला सङ्कोच होला प्रीतिको मामला
केइ हैन जस्तो नक्कल गरे मन तिम्रो रोइदेला
यसरी एउटै भएर आज छुटि्टनु कसरी
बेइमानी रैछौ नभन मलाई बिर्सनु कसरी

शब्द/संगीत/स्वरः बच्चु कैलाश

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!