हाँगा हाँगा वनभरि चैत फुलेछ
थाहा नपाई मनभित्र बैँस फुलेछ
हाँगा हाँगा वनभरि चैत फुलेछ
थाहा नपाई मनभित्र बैँस फुलेछ
कता कता कसैलाई भेटे भेटेझैँ
सङ्लो पानी पिई तिर्खा मेटे मेटेझैँ
कता कता कसैलाई भेटे भेटेझैँ
सङ्लो पानी पिई तिर्खा मेटे मेटेझैँ
को हो को हो दुई आँखामा आई डुलेछ
थाहा नपाई मनभित्र प्रीत फुलेछ
एक जोडी आँखा सधै हाँसु हाँसुझैँ
एउटा माला फूल टिपी गाँसु गाँसुझैँ
एक जोडी आँखा सधै हाँसु हाँसुझैँ
एउटा माला फूल टिपी गाँसु गाँसुझैँ
कसो कसो बिहानीको नीद खुलेछ
थाहा नपाई मनभित्र प्रीत फुलेछ
हाँगा हाँगा वनभरि चैत फुलेछ
थाहा नपाई हम्…. बैँस फुलेछ
शब्दः हरिभक्त कटुवाल
सङ्गीतः मणि कमल क्षेत्री
स्वरः अरूणा लामा