हाम्रो खुशीको लागि हामी नै बनिनु पर्छ
नेपाल त्यसै बनिन्छ नेपाली बनिनु पर्छ
हाम्रो खुशीको लागि हामी नै बनिनु पर्छ
नेपाल त्यसै बनिन्छ नेपाली बनिनु पर्छ
हाम्रो खुशीको लागि
हामी आज जे छौ जे हौ त्यो हिजोको कमाइ हो
रमाइलो भोलि ल्याउन आज बनाउनु पर्छ
हामी आज जे छौ जे हौ त्यो हिजोको कमाइ हो
रमाइलो भोलि ल्याउन आज बनाउनु पर्छ
सबै खुशी हुनेछन् मेरो देश खुशी हुनेछ
खाली देशप्रतिको विश्वास अटल बनाउनु पर्छ
हाम्रो खुशीको लागि
तिमी जे गर्न सक्छौ त्यो देशलाई देऊ
सक्दैनौ भने भैगो तर देशलाई भाग्न देऊ
तिमी जे गर्न सक्छौ त्यो देशलाई देऊ
सक्दैनौ भने भैगो तर देशलाई भाग्न देऊ
सबको खुशीको लागि आफ्नो स्वार्थ त्यागे के भो
परिआए देशको लागि सर्वस्व त्याग्नु पर्छ
हाम्रो खुशीको लागि हामी नै बनिनु पर्छ
नेपाल त्यसै बनिन्छ नेपाली बनिनु पर्छ
हाम्रो खुशीको लागि
शब्द/सङ्गीतः गोपाल योञ्जन
स्वरः रीमा गुरूङ, सुरज थापा ……… र साथीहरू