हामी दुवैको एउटै धड्कन भन्दथ्यो जसले के भयो
हामी दुवैको एउटै तड्पन भन्दथ्यो जसले के भयो
हामी दुवैको
मैले आफ्नो प्यार दिएँ उसले मलाई के दियो
मैले आफ्नो प्यार दिएँ उसले मलाई के दियो
सुख र दुःख एउटै हाम्रो भन्दथ्यो जसले के भयो
हामी दुवैको
हाँसो र आँशु साथ अँगाली बसिरहेथेँ हित सँगाली
हाँसो र आँशु साथ अँगाली बसिरहेथेँ हित सँगाली
मीठो बचन त्यो साथ बिताउने भन्दथ्यो जसले के भयो
हामी दुवैको
प्यारको खातिर दिल जलाई हाँसिरहेथेँ आँशु बहाई
प्यारको खातिर दिल जलाई हाँसिरहेथेँ आँशु बहाई
साथै जिउने साथै मर्ने भन्दथ्यो जसले के भयो
हामी दुवैको
शब्दः रविन्द्र शाह
सङ्गीतः नातिकाजी
स्वरः योगेश वैद्य