हामी दुईको संसार, मायालु यो संसार
मोहनीको संसार, नशालु यो संसार
हामी दुईको संसार, मायालु यो संसार
हामी दुई यहाँ बाँचेका छौ एकअर्काको प्यारमा, प्यारमा
हृदय हामीले साटेका छौ अनि खुशी कुरामा, कुरामा
सधै नै रहोस् यो प्यार, अमर रहोस् यो प्यार
मायालु यो संसार
हामी दुईको संसार, मायालु यो संसार
मोहनीको संसार, नशालु यो संसार
हामीले आज बाँडेका छौ सुख र दुःख हाँसेर, हाँसेर
कबुल हामीले गरेका छौ जिउने एक भएर, भएर
जीवन यो उपहार, तिमीलाई नै उपहार
मायालु यो संसार
हामी दुईको संसार, मायालु यो संसार
मोहनीको संसार, नशालु यो संसार
शब्दः शान्ति शाह
संगीत/स्वरः बच्चु कैलाश