हजुरलाई छातीभित्र लुकाएर राखूँ कति
सधैँ सधैँ हजुरलाई चुल्ठीभरि बाटूँ कति
हजुरलाई छातीभित्र लुकाएर राखूँ कति
सधैँ सधैँ हजुरलाई चुल्ठीभरि बाटूँ कति
हजुरलाई छातीभित्र
नाच्नलाई आँगन छ, रुनलाई काखै छैन
कति रोपूँ सयपत्री माला उन्नै पा’को छैन
नाच्नलाई आँगन छ, रुनलाई काखै छैन
कति रोपू सयपत्री माला उन्नै पा’को छैन
मनको उड्दो चरीलाई जोगाएर राखूँ कति
सधैँ सधैँ हजुरलाई चुल्ठीभरि बाटूँ कति
हजुरलाई छातीभित्र लुकाएर राखूँ कति
सधैँ सधैँ हजुरलाई चुल्ठीभरि बाटूँ कति
हजुरलाई छातीभित्र
फूलसँग वसन्त छ, आफ्नो भने निद्रा छैन
लाली चोर्ने बतास छ, सिउँदो भर्ने कोही छैन
फूलसँग वसन्त छ, आफ्नो भने निद्रा छैन
लाली चोर्ने बतास छ, सिउँदो भर्ने कोही छैन
हुर्कदो यो बैँसलाई पछ्यौरीले छोपूँ कति
सधैँ सधैँ हजुरलाई चुल्ठीभरि बाटूँ कति
हजुरलाई छातीभित्र लुकाएर राखूँ कति
सधैँ सधैँ हजुरलाई चुल्ठीभरि बाटूँ कति
हजुरलाई छातीभित्र
शब्दः दिनेश अधिकारी
सङ्गीतः नातिकाजी
स्वरः मीरा राणा