हजार बिन्ती छ घृणाले मलाई नघोच
कतै मैले पिए पनि नशाले छोड्न सक्छ
बरू माया साट्ने हातहरूले मलाई सहारा देऊ
आखिर मान्छे मान्छे हुन्छ
हजार बिन्ती छ
पिएर म के के भन्छु, जे भन्छु ठीकै नै भन्छु
पिएर म के के भन्छु, जे भन्छु ठीकै नै भन्छु
मैले हारलाई घृणा गरे पनि पराजयको गीत गाउन सक्छु
बरू माया साट्ने हातहरूले मलाई सहारा देऊ
आखिर मान्छे मान्छे हुन्छ
हजार बिन्ती छ
सोचेर म कति रुन्छु याद हुन्छ आत्माले के भन्छ
सोचेर म कति रुन्छु याद हुन्छ आत्माले के भन्छ
मेरो भावनालाई अब बुझिदेऊ तिम्रो मन पाएर सास फेर्छु
बरू माया साट्ने हातहरूले मलाई सहारा देऊ
आखिर मान्छे मान्छे हुन्छ
हजार बिन्ती छ घृणाले मलाई नघोच
कतै मैले पिए पनि नशाले छोड्न सक्छ
बरू माया साट्ने हातहरूले मलाई सहारा देऊ
आखिर मान्छे मान्छे हुन्छ
हजार बिन्ती छ
शब्दः सञ्जय श्रेष्ठ
सङ्गीत/स्वरः दीप श्रेष्ठ