हातमा घडी………

हातमा घडी साइकलमा चडी
कान्छी नानी कताको सवारी
हातमा चुरा छ
कान्छी भनौँ कि नभनौँ एउटा कुरा
कान्छी भनौँ कि नभनौँ एउटा कुरा

धान काटेर कल कहिले सुक्ला र
माइतै बसी कतिन्जेल पुग्ला र
शहर घुमाउने
कान्छी हामी जस्तो जोडी पाए जाने कि नजाने
कान्छी हामी जस्तो जोडी पाए जाने कि नजाने

एउटा चुरोट आफैले सल्काउँला
अर्को चुरोट मायालाई पल्काउँला
ऐना चाहियो
कान्छी धन भाकी मन भाकी एउटी चाहियो
कान्छी धन भाकी मन भाकी एउटी चाहियो

हातै काट्यो फलामे कर्तले
आँटेपछि पुऱ्याउँछ मर्दले
ऐना चाहियो
कान्छी धन भाकी मन भाकी एउटी चाहियो
कान्छी धन भाकी मन भाकी एउटी चाहियो

बाउ आमाको नबस आश गरी
छोड्देऊ माइती राजिनामा पास गरी
पानी ट्याङ्कीमा
कान्छी लैजाउँला सरर उड्ने पङ्खीमा
कान्छी लैजाउँला सरर उड्ने पङ्खीमा

आलु बोडी तरकारी खानलाई
केटी मान्छे पोइको घर जानलाई
कुरो ठीकै छ
कान्छी क्या हो नि आजकाल त फुर्ती निकै छ
कान्छी क्या हो नि आजकाल त फुर्ती निकै छ
कान्छी क्या हो नि आजकाल त फुर्ती निकै छ
कान्छी क्या हो नि आजकाल त फुर्ती निकै छ
कान्छी क्या हो नि आजकाल त फुर्ती निकै छ
कान्छी क्या हो नि आजकाल त फुर्ती निकै छ

शब्द/सङ्गीत/स्वरः राम थापा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!