गुलाफी घुम्टो उघारिदेऊ
आकाश अनि मुस्कुराउँछ
आँखाभरि तिम्रो देखेर वसन्त
मुस्कुराउँछ, मुस्कुराउँछ
सुनौला चुल्ठो फुकाइदेऊ
बतास अनि मगमगाउँछ
भाकाभरि तिम्रो पाएर सुगन्ध
मगमगाउँछ, मगमगाउँछ
रिमझिम साँझपख लोलाउँदै जुनेलीसँगै
शीतका थोपा थोपा गाउँछ
गीतमा मीठो नशा छाउँछ
रिमझिम साँझपख लोलाउँदै जुनेलीसँगै
शीतका थोपा थोपा गाउँछ
गीतमा मीठो नशा छाउँछ
शीतलु मौसम नाची रमाउँछ
धर्तीको वरिपरि आउँछ मुसुमुसु हाँस्दै उमङ्ग
उम् उम् उम् उम् हे हे हे हे
गुलाफी घुम्टो उघारिदेऊ
आकाश अनि मुस्कुराउँछ
आँखाभरि तिम्रो देखेर वसन्त
मुस्कुराउँछ, मुस्कुराउँछ
झुकिदिन्छ झिलिमिली सर्माउँदै परेली चञ्चल
लालीगुराँस रूप सजाउँछ
रसिलो बैँस मोहनी लाउँछ
झुकिदिन्छ झिलिमिली सर्माउँदै परेली चञ्चल
लालीगुराँस रूप सजाउँछ
रसिलो बैँस मोहनी लाउँछ
मुटुमा तिम्रै माया पलाउँछ
पिरतीको ओठभरि सुहाएको हेरी सुकुमारी रङ्ग
उम् उम् उम् उम् हे हे हे हे
गुलाफी घुम्टो उघारिदेऊ
आकाश अनि मुस्कुराउँछ
आँखाभरि तिम्रो देखेर वसन्त
मुस्कुराउँछ, मुस्कुराउँछ, मुस्कुराउँछ
उम् उम् उम् उम् उम् उम् उम् उम्
शब्दः रत्न शम्शेर थापा
संगीतः
स्वरः प्रेमध्वज प्रधान