घुम्तीमा नआऊ है
घुम्तीमा नआऊ है, आँखा तिमी जुधाउन
आँखा तिमी जुधाउन
बाँधिए माया फेरि गार्हो हुन्छ फुकाउन, फुकाउन
घुम्तीमा नआऊ है
भोलि जब हुन्छौ हामी
हाे…..हामी एकअर्कोसँग टाढा टाढा
फूलजस्तो माया पनि बिझाउने बन्छ काँडा
सुस्केरामा रात बित्छ सक्ने छैनौँ निदाउन
घुम्तीमा नआऊ है
बतासमा उडी उडी
हाे….उडी आँउछ गीत मुटु छुन छुन
एक्लै दिनहुँ दुःखी बनी पर्छ प्रीत सम्झी रुन
बतासमा उडी उडी
हाे….उडी आँउछ गीत मुटु छुन छुन
एक्लै दिनहुँ दुःखी बनी पर्छ प्रीत सम्झी रुन
आउँदैन आँगनमा पापी जून चियाउन, चियाउन
घुम्तीमा नआऊ है, आँखा तिमी जुधाउन
बाँधिए माया फेरि गार्हो हुन्छ फुकाउन
घुम्तीमा नआऊ है
शब्दः रत्न शम्शेर थापा
संगीत/स्वरः प्रेमध्वज प्रधान