घुमी घुमी……..

हा ओइ हा ओइ
हा ओइ हा ओइ
हा ओइ हा ओइ
हा ओइ हा ओइ

घुमी घुमी झऱ्यो ओरालीको बाटो
तिमी आउनु त्यही बाटो अरू आउनु साटो
अरू आउनु साटो नि रिमै अरू आउनु साटो
सुस्ताई सुस्ताई चढ्यो उकालीको बाटो
बोकी आउनु एक मुठी माया रित्तै आउनु साटो
रित्तै आउनु साटो नि रिमै रित्तै आउनु साटो

सुर्ता हो कि माया हो, ज्यान जुरो जुरो भो
सन्काइदेऊ कि बोलिदेऊ, भन्देऊ के कुरो हो?
जून हो कि घाम हो, दिन रातै सताउने?
मनले हो कि ओठले हो, तिम्रै नाम रटाउने
कपालैको लाउनु पर्दा हातले छोप्नु साटो
हातले छोप्नु साटो नि रिमै हातले छोप्नु साटो
शिरमा लाउनु छड्के टोपी बुलबुलीको साटो
बुलबुलीको साटो नि रिमै बुलबुलीको साटो

सुनाइदिऊँ कि लेखिदिऊँ नाम तिम्रो बाँसै कोरेर
चढाऊँला देउरालीमै फूलपाती सोरेर
हाँसो हो कि बोली हो झन् नजिक नजिक सऱ्याउने
आँखैले कि मुटुले अचाक्ली मन पऱ्याउने
यादै आए पुग्ने पो रैछ भोक निन्द्राको साटो
भोक निन्द्राको साटो नि रिमै भोक निन्द्राको साटो
तिम्रै माया चलि नै रहने ढुकढुकी चल्नु साटो
ढुकढुकी चल्नु साटो नि रिमै ढुकढुकी चल्नु साटो

मालचरीका बथान हजुर बासै सरी गए
आँशुसँगै दुःख झरे खुशीभरिलाई
रित्तो छाती हेरिरह्यो, मुटु दिई पठाएँ
आफ्नै हातले शिरफूल डाँडै कटाएँ
डाँडै कटाएँ, डाँडै कटाएँ
साटी जाऊ भो कस्तूरी माया यसै छुट्नु साटो
यसै छुट्नु साटो नि रिमै यसै छुट्नु साटो
लाग्यो भने बाडुल्की मलाई आऊँला यही बाटो
आऊँला यही बाटो नि रिमै आऊँला यही बाटो

चलिरह्यो सासै, हजुर, त्यही छातीमा बासै भो
घुमिरह्यो घडीपला, पलाइरह्यो आशै त्यो
उडी आयो बादलु त बर्सिएर पानी
फर्की आयो परान हजुर बाँच्यो जिन्दगानी
तिमी आउनु त्यही बाटो रिमै अरू आउनु साटो
बोकी आउनु एक मुठी माया रित्तै आउनु साटो

शब्दः हर्क साउद
संगीत/स्वरः सुजन चापागाईं

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!