घुमाइमा घुमाइ घुम बन्ने दाजै लौ लौ लौ हजुर बन्दछ छपनी
कुदिनले हो कि सुदिनले हो कि लौ लौ लौ हजुर देख्दछु सपनी
देउरालीको नि उकालीमा फूलै फुल्यो केशरी निरमाया

मुटु चिरी नि लाएको माया नभन न त्यसरी निरमाया
घुमाइमा घुमाइ घुम बन्ने दाजै लौ लौ लौ हजुर बन्दछ छपनी
कुदिनले होकि सुदिनले हो कि लौ लौ लौ हजुर देख्दछु सपनी
कोठे बारी नि पस्यो तारी धपाई देऊन अन्तरी निरमाया

अन्तरीलाई नै दिऊँ दिऊँ लाग्छ रातो सिन्दुर मन्तरी निरमाया
घुमाइमा घुमाइ घुम बन्ने दाजै लौ लौ लौ हजुर बन्दछ छपनी
कुदिनले हो कि सुदिनले हो कि लौ लौ लौ हजुर देख्दछु सपनी
असार महिना नि रोपेको धान पाकेछ है पहेलै निरमाया

कहिले घाम नि कहिले पानी कहिले पनि सहेलै निरमाया
घुमाइमा घुमाइ घुम बन्ने दाजै लौ लौ लौ हजुर बन्दछ छपनी
कुदिनले होकि सुदिनले हो कि लौ लौ लौ हजुर देख्दछु सपनी
सुरिलो बोट सल्लाको नि टुप्पै तिर फुर्केछ निरमाया

लुकि चोरी नि लाएको माया थाहै नपाइ हुर्केछ निरमाया
घुमाइमा घुमाइ घुम बन्ने दाजै लौ लौ लौ हजुर बन्दछ छपनी
कुदिनले हो कि सुदिनले हो कि लौ लौ लौ हजुर देख्दछु सपनी
घुमाइमा घुमाइ घुम बन्ने दाजै लौ लौ लौ हजुर बन्दछ छपनी
कुदिनले हो कि सुदिनले हो कि लौ लौ लौ हजुर देख्दछु सपनी
घुमाइमा घुमाइ घुम बन्ने दाजै लौ लौ लौ हजुर बन्दछ छपनी
कुदिनले हो कि सुदिनले हो कि लौ लौ लौ हजुर देख्दछु सपनी
संकलनः पुण्य प्रसाद सुवेदी र लक्ष्मी प्रसाद जोशी
स्वरः तारा देवी र पुष्प नेपाली