घर मेरो यहाँ…….

हे… घर मेरो यहाँ होइन सिउरेनी
यहाँ होइन सिउरेनी
माया माया भनि म कति निहुरेनी
पानी सलल
यहाँ होइन सिउरेनी
यहाँ होइन सिउरेनी
माया माया भनि म कति निहुरेनी
पानी सलल
सुनसरी ज्यान मैले दिएको
खोइ त माया हात थापी लिएको
सुनसरी ज्यान मैले दिएको
खोइ त माया हात थापी लिएको

हे… किन त्यसो भनेको नारन
भनेको नारन
माया ज्यानमाथि छ मेरो परान
पानी सलल
भनेको नारन
भनेको नारन
माया ज्यानमाथि छ मेरो परान
पानी सलल
सुन माया हात थापी लिन्छु
पछि मलाई बिचल्ली नगर
सुन माया हात थापी लिन्छु
पछि मलाई बिचल्ली नगर

हे…सानो चरी गुलेली ताके म
गुलेली ताके म
माया ठुलो चरी राम्रोसँग लागि म
पानी सलल
गुलेली ताके म
गुलेली ताके म
माया ठुलो चरी राम्रोसँग लागि म
पानी सलल
ए माया नडराऊ त्यसरी
बसी बसी पाल्नेछु मैसरी
ए माया नडराऊ त्यसरी
बसी बसी पाल्नेछु मैसरी

हे… माया तिम्लाई मनैमा राखौँला
मनैमा राखौँला
माया बाँचिरहे म तिम्लाई सजाउँला
पानी सलल
मनैमा राखौँला
मनैमा राखौँला
माया बाँचिरहे म तिम्लाई सजाउँला
पानी सलल
यो माया कतिको कुन्नी
भरूँ माना नौमुरी तीन पाथी
यो माया कतिको कुन्नी
भरूँ माना नौमुरी तीन पाथी
सुनसरी ज्यान मैले दिएको
खोइ त माया हात थापी लिएको
सुन माया हात थापी लिन्छु
पछि मलाई बिचल्ली नगर
सुनसरी ज्यान मैले दिएको
खोइ त माया हात थापी लिएको
सुन माया हात थापी लिन्छु
पछि मलाई बिचल्ली नगर

शब्द सङ्कलनः जसध्वज गुरुङ
स्वरः मीरा राणा, बम बहादुर कार्की, जसध्वज गुरुङ र कमला श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!