घामका झुल्का………..

घामका झुल्का हिउँमा पारी मेरी पारू
मेरी पारू हाँसिरहन्छे
घामका झुल्का हिउँमा पारी मेरी पारू
मेरी पारू हाँसिरहन्छे
हरियालीको घुम्टो उघारी छमछम
छमछम गर्दै नाचिरहन्छे

निर्जन वनमा बिलाइरहन्छे, उसलाई क्वै चिन्न नखोज
निर्जन वनमा बिलाइरहन्छे, उसलाई क्वै चिन्न नखोज
मेरो आँसु र हाँसो हो उसकै रहस्य केही मलाई नसोध
रङ्गीविरङ्गी फूलहरूबाट मेरी पारू च्याइरहन्छे
यो धरतीमा मधुरो मीठो सुवास छर्दै आइरहन्छे
रङ्गीविरङ्गी फूलहरूबाट मेरी पारू च्याइरहन्छे
यो धरतीमा मधुरो मीठो सुवास छर्दै आइरहन्छे
घामका झुल्का हिउँमा पारी मेरी पारू
मेरी पारू हाँसिरहन्छे
हरियालीको घुम्टो उघारी छमछम
छमछम गर्दै नाचिरहन्छे

बताससँगै दौडिरहन्छे, छहरासँगै पौडिरहन्छे
बताससँगै दौडिरहन्छे, छहरासँगै पौडिरहन्छे
पर्वतमाझ गुन्जिरहने प्रतिध्वनिमा बोलिरहन्छे
शान्त र शीतल जुनेली रातमा मेरी पारू झल्किरहन्छे
कलिलो कोमल हरियो पातमा अमृत भर्दै टल्किरहन्छे
शान्त र शीतल जुनेली रातमा मेरी पारू झल्किरहन्छे
कलिलो कोमल हरियो पातमा अमृत भर्दै टल्किरहन्छे
घामका झुल्का हिउँमा पारी मेरी पारू
मेरी पारू हाँसिरहन्छे
हरियालीको घुम्टो उघारी छमछम
छमछम गर्दै नाचिरहन्छे

शब्दः किरण खरेल
संगीत/स्वरः शिवशंकर मानन्धर

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!