गीताङ्गे दाइ पहाडे गीत गाउ पहाडै भएर
ढुंगा माटो गुराँस धुपी रामरी चिनेर
गीताङ्गे दाइ
विदेश मात्र नहेरी देऊ सुखलाई सम्झेर
विदेशी हुँदा अस्तित्व दुख्यो बतास भएर
कमेरोले लिपेको भित्ता ठाउँ ठाउँमा उक्केर
झरि है दियो दुखिया बनी विदेशी भएर, विदेशी भएर
गीताङ्गे दाइ
मझेरीको गोबर चोखो गयो नि सुकेर
आउँ कि छलि देउराली हेर्छ चौतारी फर्केर
पहिरोको डर छातीमा च्यापी जंगल कराउँछ
फर्कन दाइ पहाड संसार अब त हराउँछ, अब त हराउँछ
गीताङ्गे दाइ
शब्दः मन बहादुर गुरूङ
संगीतः अशोक राई
स्वरः दावा ग्याल्मो