गरौ कि मीठो भुल, गरौ कि मीठो भुल
गरौ कि मीठो भुल, गरौ कि मीठो भुल
छोऊँ छोऊँ लाग्यो मलाई, अँगालोमा बाँधी राखौ कि
यो बैँसको फूल, यो बैँसको फूल
यो बैँसको फूल, यो बैँसको फूल
टिपुँ टिपुँ लाग्यो मलाई, मनको फूलदानीमा सजाऊँ कि
त्यसै मात लाग्ने ती अधर नशालु
रसिला रसिला ती नजर लजालु
मुस्कान छर्किदा झनै नयालु
आँखामा सजाऊ कि मुटुमै मायालु
गरौ कि मीठो भुल, गरौ कि मीठो भुल
छोऊँ छोऊँ लाग्यो मलाई, अँगालोमा बाँधी राखौ कि
झरीमा रुझेका तिम्रा ती केशमा
लुकाऊँ कि जिन्दगी मायाको आशमा
छल्किन्छ छाल भई भने त्यो बैँसको
मेटुँ कि अँजुली थापेर प्यास यो
गरौ कि मीठो भुल, गरौ कि मीठो भुल
छोऊँ छोऊँ लाग्यो मलाई, अँगालोमा बाँधी राखौ कि
शब्दः वसन्त चौधरी
संगीतः दिपक जंगम
स्वरः दिपक खरेल