गाजलुले आँखै छोप्ने
के राम्री मेरी मायालु
बैँसले चटक्क पारेकी
गाजलुले आँखै छोप्ने
के राम्री मेरी मायालु
बैँसले चटक्क पारेकी
बादलुलाई छुन खोज्ने
जुनकेरी हुन खोज्ने
अन्धेरीलाई जित्न खोज्ने
बादलुलाई छुन खोज्ने
जुनकेरी हुन खोज्ने
अन्धेरीलाई जित्न खोज्ने
मायालुको बाटो हेर्दै
पिरतीको माला बुनी
पहिराउन कसरी जाने हो
ढाका सारी पाइताला छेक्ने
के राम्री मेरी मायालु
पहाडमा खेलेर हुर्केकी
गाजलुले आखै छोप्ने
के राम्री मेरी मायालु
वैशले चटक्क पारेकी
व्यर्थै टाढा नजाऊ हजुर
माया छाडी नजाऊ हजुर
मायालुले भन्छ मलाई
व्यर्थै टाढा नजाऊ हजुर
माया छाडी नजाऊ हजुर
मायालुले भन्छ मलाई
अँगालोमा बसेर मीठो हाँसो हाँसेर
लैजाऊ साथ भन्छ नि मलाई
रातो लाछीले कपाल बाटी
के राम्री मेरी मायालु
मेरै निम्ति मात्र हो हाँसेकी
गाजलुले आखै छोप्ने
के राम्री मेरी मायालु
बैँसले चटक्क पारेकी
पहाडमा खेलेर हुर्केकी
मेरै निम्ति मात्र हो हाँसेकी
शब्द/संगीतः हिमालयन ब्याण्ड
स्वरः नोर्देन तेन्जिङ