गाजलु ती ठूलाठूला आँखा तीर बनि पसे यो दिलैमा
कालो लामो परेली केश छाल परे कलिलो मायामा

निधारको त्यो रातो टीका छाप बनि बस्यो यो दिलैमा

झल्केको त्यो नाकको फुली
झल्केको त्यो नाकको फुली ज्योति बन्यो कलिलो मायामा
गाजलु ती ठूलाठूला आँखा तीर बनि पसे यो दिलैमा
पातली त्यो मधुर ओठ स्वाद बनि पस्यो यो दिलैमा

मिलेका ति दाँतका पङ्क्ति
मिलेका ति दाँतका पङ्क्ति मोति बने कलिलो मायामा
गाजलु ती ठूलाठूला आँखा तीर बनि पसे यो दिलैमा
कालो लामो परेली केश छाल परे कलिलो मायामा
गाजलु ती ठूलाठूला आँखा तीर बनि पसे यो दिलैमा
शब्दः म. बि. बि. शाह
सङ्गीतः दिपक जङ्गम
स्वरः गुलाम अली