गाई चराउने भीरमा………

गाई चराउने भीरमा सुनकोशीको तिरमा
माछीलाई बल्छी खेलाउन
माछीलाई बल्छी खेलाउन
तिमी कन्ये केटी हामी कुमार केटा
तिमी कन्ये केटी हामी कुमार केटा
आउन माया जोडी मिलाउन
आउन माया जोडी मिलाउन

घरमुनिको पधेँरीमा कति चिसो पानी
हामी जस्तो केटो पाउने केटी भाग्यमानी
थाकरीमा काकरी त टालकटुलुक लौका
बल्लतल्ल भेट भो नानी नगुमाऊ यो मौका
तिमी कन्ये केटी हामी कुमार केटा
तिमी कन्ये केटी हामी कुमार केटा
आउन माया जोडी मिलाउन
आउन माया जोडी मिलाउन

मादल बज्यो टाङ्नटुङ्न डम्फु बज्यो ढुन्न
सत्र वर्षे उमेरैमा माइती बस्न हुन्न
बाटोमुनि बाटोमाथि फुल्यो तीतेपाती
बैँस छँदै आफ्नो जोडी आफै खोज्नु जाती
तिमी कन्ये केटी हामी कुमार केटा
तिमी कन्ये केटी हामी कुमार केटा
आउन माया जोडी मिलाउन
आउन माया जोडी मिलाउन
माछीलाई बल्छी खेलाउन
आउन माया जोडी मिलाउन
माछीलाई बल्छी खेलाउन
आउन माया जोडी मिलाउन
माछीलाई बल्छी खेलाउन
आउन माया जोडी मिलाउन

शब्द/सङ्गीत/स्वरः राम थापा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!