एकैछिन पर्खि गाजलु आँखा मलाई हेर्न देऊ
एकैछिन पर्खि गाजलु आँखा मलाई हेर्न देऊ
जीवनभरि नमर्ने माया
जीवनभरि नमर्ने माया मलाई सुम्पिदेऊ
मलाई सुम्पिदेऊ
एकैछिन पर्खि
जुन इच्छा तिम्रो त्यही इच्छा मेरो दिलमा बसाऊ
माया नै माया भरेर मेरो
माया नै माया भरेर मेरो जीवन सजाऊ
ढुक्ढुकी तिम्रो ल्याएर मेरो ढुक्ढुकी बनाई देऊ
पिरति तिम्रो अमृत बनाई
पिरति तिम्रो अमृत बनाई जीवन रसाई देऊ
जीवन रसाई देऊ
एकैछिन पर्खि
हाँसोको विन्दु खो एर सधैँ जूनलाई सर्माई देऊ
अन्त्य नहुने हरियाली बीज
अन्त्य नहुने हरियाली बीज मायाले भरिदेऊ
मायाले भरिदेऊ
एकैछिन पर्खि गाजलु आँखा मलाई हेर्न देऊ
जीवनभरि नमर्ने माया
जीवनभरि नमर्ने माया मलाई सुम्पिदेऊ
मलाई सुम्पिदेऊ
एकैछिन पर्खि
शब्दः
संगीतः
स्वरः