एकै बचन बोलिदेऊ बोल्न कि
एकै बचन बोलिदेऊ बोल्न कि
चाहिने मन सन्तोष होला कि
लालुपाते शिरमा रिबन
धारै पानी तेलैको टिनैमा
भेटै भयो धेरै नै दिनैमा
धारै पानी तेलैको टिनैमा
भेटै भयो धेरै नै दिनैमा
यो मायालाई विचार गरन
यो मायालाई विचार गरन
जोवनलाई अलपत्र नपारन
लालुपाते शिरमा रिबन
आज मलाई साईतै परेको
गाउँको माया बेँसीमा झरेको
आज मलाई साईतै परेको
गाउँको माया बेँसीमा झरेको
यो मायाको मोहनी बोली
सम्झुँला आजभन्दा झन् भोलि
लालुपाते शिरमा रिबन
लालुपाते शिरमा रिबन
लालुपाते शिरमा रिबन
लालुपाते शिरमा रिबन
सङेकलनः हरि बहादुर रञ्जीत
स्वरः पुष्प नेपाली