एकदिन मैले………

एकदिन मैले प्रभुसँग सोधेँ कसरी शान्ति मिल्छ
एकदिन मैले प्रभुसँग सोधेँ कसरी शान्ति मिल्छ
कस्तो कस्तो कर्म गरेपछि
कस्तो कस्तो कर्म गरेपछि
प्रभुको दर्शन मुक्ति मिल्छ
प्रभुको दर्शन मुक्ति मिल्छ
एकदिन मैले प्रभुसँग सोधेँ

सत्कर्म नभई चित्त शुद्ध हुँदैन
चित्त शुद्ध नभई सन्तोष हुँदैन
सन्तोष नभई मन स्थिर हुँदैन
मन स्थिर नभईकन शान्ति हुँदैन
एकदिन मैले प्रभुसँग सोधेँ

मोह बासना क्रोध नगईकन कर्म ज्ञान र भक्ति हुँदैन
महाज्ञानको तेस्रो आँखा
महाज्ञानको तेस्रो आँखा नखुली जीवको मुक्ति हुँदैन
एकदिन मैले प्रभुसँग सोधेँ

अरूको घातमा माथ घुमाए मन मनको ईश्वर हाँस्दैन
अरूको घातमा माथ घुमाए मन मनको ईश्वर हाँस्दैन
छमछम ईश्वर भित्र ननाची
छमछम ईश्वर भित्र ननाची शब्द ब्रम्हको नाद हुँदैन
एकदिन मैले प्रभुसँग सोधेँ

शब्द ब्रम्हको नाद नभईकन ज्ञान बुद्धिको मेल हुँदैन
ज्ञान बुद्धिको मेल नभईकन
ज्ञान बुद्धिको मेल नभईकन महाज्ञानको उदय हुँदैन
एकदिन मैले प्रभुसँग सोधेँ

महाज्ञानको उदय नभईकन जीव यो करदम बन्दैन
महाज्ञानको उदय नभईकन जीव यो करदम बन्दैन
हरदम करदम नबनेसम्म
हरदम करदम नबनेसम्म हरिहरको दर्शन मिल्दैन
एकदिन मैले प्रभुसँग सोधेँ कसरी शान्ति मिल्छ
कस्तो कस्तो कर्म गरेपछि
कस्तो कस्तो कर्म गरेपछि
प्रभुको दर्शन मुक्ति मिल्छ
प्रभुको दर्शन मुक्ति मिल्छ
एकदिन मैले प्रभुसँग सोधेँ

शब्दः लक्ष्मण लाेहनी
संगीत/स्वरः भक्तराज आचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!