एकान्तमा किन किन तिम्रै नै याद आउँछ
सम्झनामा अझै पनि आँखा यो किन रसिन्छ
थाहा छ मलाई तिमी आउँदैनौ
तिमी कसैकी भई सकेछौ
तर किन किन फेरि सम्झन्छु
नदुखेको मुटुलाई किन दुखाउँछु
तर किन किन फेरि सम्झन्छु
नदुखेको मुटुलाई किन दुखाउँछु
एक्लै हिँड्दा कहिलेकाहीँ तिमी नै साथमा पाउँछ
हिँड्दा हिँड्दै, बोल्द बोल्दै एक्लै पाउँदा झस्कन्छु
थाहा छ मलाई यो भ्रम हो
फेरि भेटिने आशा नै छैन
तर किन किन फेरि सम्झन्छु
नदुखेको मुटुलाई किन दुखाउँछु
तर किन किन फेरि सम्झन्छु
नदुखेको मुटुलाई किन दुखाउँछु
कति छिटो बितेछन् मिलनका ती पलहरू
कति छिटो बितेछन् मिलनका ती पलहरू
सम्झना मात्र रह्यो, सपना सबै ओझेल पर्यो
एकान्तमा किन किन तिम्रै नै याद आउँछ
सम्झनामा अझै पनि आँखा यो किन रसिन्छ
थाहा छ मलाई तिमी आउँदैनौ
तिमी कसैकी भई सकेछौ
तर किन किन फेरि सम्झन्छु
नदुखेको मुटुलाई किन दुखाउँछु
तर किन किन फेरि सम्झन्छु
नदुखेको मुटुलाई किन दुखाउँछु
नदुखेको मुटुलाई किन दुखाउँछु
नदुखेको मुटुलाई किन दुखाउँछु
नदुखेको मुटुलाई किन दुखाउँछु
शब्दः डा. सुदर्शन तामाङ
संगीत/स्वरः मन्त्र ब्याण्ड
ब्याण्डः मन्त्र