एकान्त रात बीचमा हाँसेर पास आई
ब्युँझायो नीद बीचमा हाए कसैले आई
एकान्त रातबीचमा
देखिसरि अगाडि आशा लिई मिलनको
देखिसरि अगाडि आशा लिई मिलनको
हाँसिन् मुसुक्क ब्युँझी सपना रहेछ खाली
एकान्त रात बीचमा
हाली जसै अँगालो सर्माई केही तर्छिन्
हाली जसै अँगालो सर्माई केही तर्छिन्
चुम्बन गरेँ त ब्युँझे सपना रहेछ खाली
एकान्त रात बीचमा हाँसेर पास आई
ब्युँझायो नीद बीचमा हाए कसैले आई
एकान्त रात बीचमा
शब्दः म.बि.बि.शाह
संगीतः पुष्प नेपाली
स्वरः रूबी जोशी