एक एक गरी……

एक एक गरी फूल झरे
फूलसँगै सपना झरे
तिमी आउने हो कि होइन भन न
तिमी आउने हो कि होइन भन न
फूल झरे के भो
वसन्त नझरे भइगयो
पर्खि बस्ने हो कि होइन भन न
पर्खि बस्ने हो कि होइन भन न

शीत खाइ फुलीरहेछु, कोही साथ छैन
हुरी एक्लै झेलिरहेछु, कोही नजिक छैन
शीत खाइ फुलीरहेछु, कोही साथ छैन
हुरी एक्लै झेलिरहेछु, कोही नजिक छैन
एक एक गरी आँशु खसे
आँशुसँगै विपना खसे
तिमी आउने हो कि हैन भन न
तिमी आउने हो कि हैन भन न

शीत नखाइ फुलेको फूल त्यसै ओइली झर्छ
आँशु नपाइ फुलेको प्रीत त्यो पनि ओइली झर्छ
शीत नखाइ फुलेको फूल त्यसै ओइली झर्छ
आँशु नपाइ फुलेको प्रीत त्यो पनि ओइली झर्छ
एक एक गरी खुशी ढले
खुशीसँगै चाहना ढले
तिमी आउने हो कि होइन भन न
तिमी आउने हो कि होइन भन न
खुशी ढले के भयो
जिन्दगी नढले भइगयो
विश्वास गर्ने हो कि होइन भन न
विश्वास गर्ने हो कि होइन भन न
तिमी आउने हो कि होइन भन न
विश्वास गर्ने हो कि होइन भन न
तिमी आउने हो कि होइन भन न
विश्वास गर्ने हो कि होइन भन न

शब्दः राजेन्द्र थापा
संगीतः दीप श्रेष्ठ
स्वरः दीप श्रेष्ठ र बीमा के. सी.

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!