दुर्गे देऊ भक्ति मलाई
दुर्गे देऊ भक्ति मलाई
दुर्गे देऊ भक्ति मलाई
दीन दुःखीको सेवा हरदम
दीन दुःखीको सेवा हरदम गर्न सकुँ मन लाइ
दुर्गे देऊ भक्ति मलाई
दुर्गे
पलपल जीवन करूणामय होस् पर सेवामा आई
पलपल जीवन करूणामय होस् पर सेवामा आई
आफू स्वयम् पनि मुक्त बनुँ प्रभु
आफू स्वयम् पनि मुक्त बनुँ प्रभु अरूको मुक्ति गराई
दुर्गे देऊ भक्ति मलाई
दुर्गे
तिम्रै मन्दिर हो यो दुनियाँ को छ र यहाँ पराई
तिम्रै मन्दिर हो यो दुनियाँ को छ र यहाँ पराई
प्राणी मात्रको गरूँ म सेवा
प्राणी मात्रको गरूँ म सेवा सम्झी प्यारा भाई
दुर्गे देऊ भक्ति मलाई
दुर्गे
तिम्रै रूप म देख्न सकुँ प्रभु दीन दुःखी सबलाई
तिम्रै रूप म देख्न सकुँ प्रभु दीन दुःखी सबलाई
प्रभुकै सेवा सुधा पिएर
प्रभुकै सेवा सुधा पिएर बाँच्न सकुँ म रमाई
दुर्गे देऊ भक्ति मलाई
दुर्गे देऊ भक्ति मलाई
दीन दुःखीको सेवा हरदम
दीन दुःखीको सेवा हरदम गर्न सकुँ मन लाइ
दुर्गे देऊ भक्ति मलाई
दुर्गे देऊ भक्ति मलाई
दुर्गे
शब्दः
संगीतः
स्वरः भक्तराज आचार्य