दिनको उज्यालोमा लुकाई राख्छु
रातको अँध्यारोमा नीर बहाउँछु म
मान्छेले भनुन् बिहानीको शीत हो यो
ओठलाई सधैँ सिई राख्छु
बह पोख्छु यी हरफहरूमा
सुन्नेले भनुन् कसैको गीत हो यो
आँखाले हेरे देखिदैँन
मेट्न खोजे मेटिदैँन
कुनै बुढो रोगजस्तो
बेला बेला बल्झिरहन्छ
दिलको छ घाउ पुरानो
सधैँ दुखिरहन्छ
दिनको उज्यालोमा लुकाई राख्छु
रातको अँध्यारोमा नीर बहाउँछु म
मान्छेले भनुन् बिहानीको शीत हो यो
मुटु यति कमलो नभई
ढुंगाको गोला भईदिए
या काँचको एक टुक्रा भए
यो घाउ यहाँ हुने थिएन
छातीको भित्ता कमजोर नभए
आँखाको बाँध फुट्ने थिएन
दिनको उज्यालोमा लुकाई राख्छु
रातको अँध्यारोमा नीर बहाउँछु म
मान्छेले भनुन् बिहानीको शीत हो यो
ओठलाई सधैँ सिई राख्छु
बह पोख्छु यी हरफहरूमा
सुन्नेले भनुन् कसैको गीत हो यो
शब्द: वसन्त थापा
संगीत र स्वर: दीप श्रेष्ठ