दिन सुनका रात चाँदीका
तिम्रा मेरा पल मिलनका
मन माणिक रत्न जडेका
तिम्रा मेरा पल मिलनका
दिन सुनका रात चाँदीका
तिम्रा मेरा पल मिलनका
कहाँ कहाँ आवाज छुट्टिरहेको
मुस्कान नीलमको फुटिरहेको
कहाँ कहाँ आवाज छुट्टिरहेको
मुस्कान नीलमको फुटिरहेको
आँखाको कोषमा मोती फलिरहेको
यो मोती कहाँको यो नीलम कहाँको
सर्वांग गहिरा पन्ना कहाँको
दिन सुनका रात चाँदीका
तिम्रा मेरा पल मिलनका
मन माणिक रत्न जडेका
तिम्रा मेरा पल मिलनका
पग्लेर गीत चाँदी बगिरहेको
सुनकेस्रा सौन्दर्य थपिरहेको
पग्लेर गीत चाँदी बगिरहेको
सुनकेस्रा सौन्दर्य थपिरहेको
गालाको रंगमा मुगा रङ्गीरहेको
यो मुगा कहाँको सुनकेस्रा कहाँको
सर्वांग हिरा मोती कहाँको
दिन सुनका रात चाँदीका
तिम्रा मेरा पल मिलनका
मन माणिक रत्न जडेका
तिम्रा मेरा पल मिलनका
दिन सुनका रात चाँदीका
तिम्रा मेरा पल मिलनका
शब्दः राजेन्द्र थापा
संगीतः शिवशंकर मानन्धर
स्वरः रमेश ताम्राकार