दिन रात साँझ बिहान सधै एक्लो छु म
दिन रात साँझ बिहान सधै एक्लो छु म
घरको पनि आफू बग्ने बलेसी न हुँ म
बलेसी न हुँ म
दिन रात साँझ बिहान सधै एक्लो छु म
छैन कुनै ओत मलाई, छैन कुनै साथी
जति आँशु खस्छ सबै खस्छ छातीमाथि
घरको अंश भने पनि बाहिरको न हुँ म
बलेसी न हुँ म
दिन रात साँझ बिहान सधै एक्लो छु म
ठूलो झरी परे मेरै छाती चिर्ने गर्छ
ठूलो झरी परे मेरै छाती चिर्ने गर्छ
चर्को घाम लागे पनि मलाई पीर्ने गर्छ
जगैनिर बसेँ पनि बाहिरको न हुँ म
बलेसी न हुँ म
दिन रात साँझ बिहान सधै एक्लो छु म
शब्दः मञ्जुल
संगीतः न्ह्यु बज्रचार्य
स्वरः दिपक खरेल