ढुङ्गे बगर माया ढुङ्गे बगर
माया छदै छ हल्ला नगर
माया छदै छ हल्ला नगर
ढुङ्गे बगर माया ढुङ्गे बगर
माया छदै छ हल्ला नगर
माया छदै छ हल्ला नगर
जाँदैछु म यहाँबाट फर्केर आउँदिनँ
तिमी जस्ती निष्ठुरीसित म माया लाउँदिनँ
म माया लाउँदिनँ
ढुङ्गे बगर माया ढुङ्गे बगर
माया छदै छ हल्ला नगर
माया छदै छ हल्ला नगर
घरैमुनि तीते फापर म गोड्दै गोड्दिनँ
तिमीले माया नलाए पनि म छोड्दै छोड्दिनँ
म छोड्दै छोड्दिनँ
ढुङ्गे बगर माया ढुङ्गे बगर
माया छदै छ हल्ला नगर
माया छदै छ हल्ला नगर
डोटी राम्रो डडेल्धुरा आछाम राम्रो साफे
मलाई पनि उडाई लैजा हिमालको डाँफे
हिमालको डाँफे
ढुङ्गे बगर माया ढुङ्गे बगर
माया छदै छ हल्ला नगर
माया छदै छ हल्ला नगर
ढुङ्गे बगर माया ढुङ्गे बगर
माया छदै छ हल्ला नगर
माया छदै छ हल्ला नगर
शब्द/संगीतः लाल बहादुर खाती
स्वरः तीर्थ कुमारी थापा र लाल बहादुर खाती