धेरै नजिक हुनु पर्दैन मान्छेलाई
टाढाको घामले पनि पोल्न सक्छ
बोलिरहन पर्दैन मुखले
आँखाले सब कुरा मनको भन्न सक्छ
घामले पोल्न सक्छ
मान्छे साह्रै कमजोर हुन्छ
उसको मुटुमा तुरन्तै चोट लाग्न सक्छ
मान्छे साह्रै कमजोर हुन्छ
उसको मुटुमा तुरन्तै चोट लाग्न सक्छ
आगो र पानीले मात्र होइन
मान्छेकै तापले पनि बेहोश हुन सक्छ
घामले पोल्न सक्छ
हेरेर होइन मान्छेले
नदेख्दा पनि आफूभित्र पाउन सक्छ
हेरेर होइन मान्छेले
नदेख्दा पनि आफूभित्र पाउन सक्छ
थाहा नै नपाइ मान्छेलाई
मुटुभित्र थुनेर पनि राख्न सक्छ
घामले पोल्न सक्छ
धेरै नजिक हुनु पर्दैन मान्छेलाई
टाढाको घामले पनि पोल्न सक्छ
बोलिरहन पर्दैन मुखले
आँखाले सब कुरा मनको भन्न सक्छ
घामले पोल्न सक्छ
घामले पोल्न सक्छ
घामले पोल्न सक्छ
शब्दः कृष्ण जोशी
संगीतः प्रकाश गुरूङ
स्वरः सुक्मित गुरूङ