धेरै धेरै कुराहरू…….

धेरै धेरै कुराहरू मनले पालेछ
धेरै धेरै कुराहरू मनले पालेछ
जबदेखि जोवनले पखेटा हालेछ
जबदेखि यो मन बत्तिन थालेछ
धेरै धेरै कुराहरू मनले पालेछ

आँखामा ज्योतिको रहर थपी
रातभर बग्ने ननिभ्ने मोति, ननिभ्ने मोति
आँखामा ज्योतिको रहर थपी
रातभर बग्ने ननिभ्ने मोति, ननिभ्ने मोति
कतै सडकमा बिजुली हिँड्दा
कतै सडकमा बिजुली हिँड्दा
बर्सनेछ मन हजार लाख चोटी
तनको मनको रहर एउटै डोरीले बाँधेछ
तनको मनको रहर एउटै डोरीले बाँधेछ
जबदेखि जोवनले पखेटा हालेछ
जबदेखि यो मन बत्तिन थालेछ
धेरै धेरै कुराहरू मनले पालेछ

भुइँको शीत पनि मनको जीत बन्ने
हारै हारै पनि सिधै जीत बन्ने, सिधै जीत बन्ने
भुइँको शीत पनि मनको जीत बन्ने
हारै हारै पनि सिधै जीत बन्ने, सिधै जीत बन्ने
विरहले रातलाई नङ्याउँदा
विरहले रातलाई नङ्याउँदा
आकाशे तारै पनि म बन्छु भन्ने
यस्तै बतासे कुराहरू मनले पालेछ
यस्तै बतासे कुराहरू मनले पालेछ
जबदेखि जोवनले पखेटा हालेछ
जबदेखि यो मन बत्तिन थालेछ
धेरै धेरै कुराहरू मनले पालेछ

शब्दः
सङ्गीतः
स्वरः तारा देवी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!