धेरै धेरै होला तिम्रो माया मलाई
मेरो माया कम होइन
तिम्रो जोवन फूल हो भने
मेरो जोवन पनि काँडा होइन है
धेरै धेरै होला तिम्रो माया
कमजोरीको करमा मैले माया गाँसेको त होइन
जानी जानी एउटै भुललाई दोहोऱ्याउने म मात्रै त होइन
अब मेरो मायामा भर छैन भने
मलाई पनि कर छैन
तिम्रो जोवन फूल हो भने
मेरो जोवन पनि काँडा होइन है
धेरै धेरै होला तिम्रो माया
माया गाँसी हाँस्ने रहर मेरो मात्रै नसम्झ
यही रहरमा सल्किएको तिम्रो घर मात्रै सम्झ
यसको तिम्रो दोष छैन भन्छौ भने
मेरो पनि भुल छैन
तिम्रो जोवन फूल हो भने
मेरो जोवन पनि काँडा होइन है
धेरै धेरै होला तिम्रो माया
शब्दः
संगीतः
स्वरः अरूणा लामा