धेरै धेरै हाँस्यौ तिमी जिन्दगी हो फूल भनि
रुन पनि जानी राख जिन्दगी हो काँडा पनि
धेरै धेरै हाँस्यौ तिमी जिन्दगी हो फूल भनि
रुन पनि जानी राख जिन्दगी हो काँडा पनि
धेरै धेरै हाँस्यौ तिमी
भर्खर यात्रा सुरू गर्यौ, धेरै खोला तर्नु पर्छ
कहिले फूल कहिले काँडा टेक्दै बेसी झर्नु पर्छ
भर्खर यात्रा सुरू गर्यौ, धेरै खोला तर्नु पर्छ
कहिले फूल कहिले काँडा टेक्दै बेसी झर्नु पर्छ
तराई मात्र होइन राजै जिन्दगानी हो डाँडा पनि
धेरै धेरै हाँस्यौ तिमी
घाम मात्र कहाँ लाग्छ आधी चल्छ झरी पर्छ
मानिसको जीवन हो यो हाँस्दा हाँस्दै रुनु पर्छ
घाम मात्र कहाँ लाग्छ आधी चल्छ झरी पर्छ
मानिसको जीवन हो यो हाँस्दा हाँस्दै रुनु पर्छ
खुशी मात्र होइन राजै जिन्दगानी हो पीडा पनि
धेरै धेरै हाँस्यौ तिमी जिन्दगी हो फूल भनि
रुन पनि जानी राख जिन्दगी हो काँडा पनि
धेरै धेरै हाँस्यौ तिमी
शब्दः सुभाष चन्द्र ढुंगेल
संगीतः दिपक जंगम
स्वरः दिपक खरेल