धेरै भइसके कि जीवनमा पीडा
आज फेरि केको खुशी याद आयो
काँडा नै काँडा थिए जिन्दगीमा
काँडा नै काँडा थिए जिन्दगीमा
बाबरी र जाही, जुही याद आयो
बाबरी र जाही, जुही याद आयो
भोगिसकेको बेला हजारौ
बिर्सिसकेको सबै याद आयो
बिर्सिसकेको सबै याद आयो
मैले हिँडेको बाटो अतीतको
देखेर मेरै रगत याद आयो
देखेर मेरै रगत याद आयो
पुगे कतै म अल्झिरहेको
जीवनको एउटै कथा याद आयो
जीवनको एउटै कथा याद आयो
मनमा सँगाली राखेको
खुशी याद आयो, व्यथा याद आयो
खुशी याद आयो, व्यथा याद आयो
शब्दः ईश्वर बल्लभ
संगीत/स्वरः अम्बर गुरूङ