धर्तीलाई साक्षी राखी तिम्रै ती हात पक्री मैले
जीवनसाथी सम्झी अपनाइ सकेको छु
यो दुनियाँको बाधा सबै नै तोडिसकेँ मैले
तिम्रै त्यो हातको सिन्दुर लगाइसकेकी छु
धर्तीलाई साक्षी राखी
इन्द्रेणी फूल सजिन्छ फेरि
तिमीले चोखो बचन दिए
इन्द्रेणी फूल सजिन्छ फेरि
तिमीले चोखो बचन दिए
नौ रङ्गी फूल फुल्नेछ आफै
नौ रङ्गी फूल फुल्नेछ आफै
तिमीले एकछिन मुस्कान दिए
यो दुनियाँको बाधा सबै नै तोडिसकेँ मैले
तिम्रै त्यो हातको सिन्दुर लगाइसकेकी छु
धर्तीलाई साक्षी राखी
त्यो कालो बादल फाटिन्छ फेरि
तिमीले साँच्चै विश्वास गरे
यो मनको आँचल फैलिन्छ आफै
तिमीले सारा ढुक्ढुकी साटे
धर्तीलाई साक्षी राखी तिम्रै ती हात पक्री मैले
जीवनसाथी सम्झी अपनाइ सकेको छु
यो दुनियाँको बाधा सबै नै तोडिसकेँ मैले
तिम्रै त्यो हातको सिन्दुर लगाइसकेकी छु
धर्तीलाई साक्षी राखी
शब्दः जस योञ्जन प्यासी
संगीतः कमल दर्नाल
स्वरः दीप श्रेष्ठ र सोफिया गुरूङ