डाँडापारि कल्ले कल्ले डाक्छ मलाई मधुर स्वरले
पर पर छहारीमा एक्लै नाची गुनगुनाई
पाइला चाली छमछमछम कुहिरोमा बिलाई
खोलापारि कल्ले कल्ले डाक्छ मलाई कोकिल स्वरले
डाँडापारि कल्ले कल्ले डाक्छ मलाई मधुर स्वरले
घाँसे गीत चौतारीमा दिल खोली गाएर
कुर्ली कुर्ली खित्का छोडी हाँसेर
शैलुङपारि कल्ले कल्ले डाक्छ मलाई सुरिलो भाकाले
डाँडापारि कल्ले कल्ले डाक्छ मलाई मधुर स्वरले
मधुर स्वरले
शब्दः रत्नलाल श्रेष्ठ
सङ्गीत/स्वरः प्रेमध्वज प्रधान