च्यातिदेऊ मनको कालो पर्दा
भरिदेऊ ज्ञानको ज्योति
हामी हौ तिम्रै सन्तान
हामी हौ तिम्रै सन्तान हे माता सरस्वती
बालकहरूलाई बुद्धि देऊ
युवकहरूलाई शक्ति देऊ
वृद्धहरूको बोली बन्दै
मान्छेहरूलाई अर्ति देऊ
च्यातिदेऊ मनको कालो पर्दा
भरिदेऊ ज्ञानको ज्योति
धैर्य, लगन र प्रेरणा देऊ
प्रगति गर्ने प्रतिभा देऊ
आफ्नो आफ्नो क्षेत्रमा धर्म र कर्म देऊ
च्यातिदेऊ मनको कालो पर्दा
भरिदेऊ ज्ञानको ज्योति
शब्दः नीर शाह
सङ्गीतः सि. के. रसाइली
स्वरः अञ्जु देवी