छेकेको हुन्छ…….

छेकेको हुन्छ सागरलाई किनाराहरूले
छोपेको हुन्छ पहाडलाई उचाइहरूले
आकाशको पनि क्षीतिजलाई भन्दछ सिमाना
के साँध राखी म भन्नु मेरो मनको सिमाना

बताससित यो मेरो मन बतास भइदिन्छ
बादलसित उडेर कतै यो मन गइदिन्छ
गुडमा फर्कि आउँछ चरी सम्झेर ठेगाना
कसैले सोधे के भन्नु मैले मनको ठेगाना

कोसित सोधुँ मनले मेरो के होला खोजेको
आँखामा सधैँ सपना कस्तो यो मनले रोजेको
नदीको हुन्छ बिलाउने सागर निस्कने मुहान
कसैले सोधे के देखाऊँ मैले मनको मुहान
छेकेको हुन्छ सागरलाई किनाराहरूले
छोपेको हुन्छ पहाडलाई उचाइहरूले
आकाशको पनि क्षीतिजलाई भन्दछ सिमाना
कसैले सोधे के भन्नु मैले मनको सिमाना

शब्दः
संगीत/स्वरः अम्बर गुरूङ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!