छातीमा मुटु रहुन्जेल तिम्रै हुनेछु अङ्ग म
हरेक मेरो सासमा तिम्रै भर्नेछु रङ्ग म
छातीमा मुटु रहुन्जेल
म तिम्रो माया उज्यालो
म तिम्रो माया उज्यालो गीत रचेर गाऊँला
लयमा खेल्दै युरले मनमा आऊँला
छातीमा मुटु रहुन्जेल
म तिम्रो कल्पनामा
म तिम्रो कल्पनामा रुझि बहार ल्याऊँला
ओठको मुस्कानभित्र सुटुक्क च्याऊँला
छातीमा मुटु रहुन्जेल
म तिम्रो खुशीको
म तिम्रो खुशीको लहरमा परूँला
बाँचे झै मृत्यु पनि साथैमा मरूँला
छातीमा मुटु रहुन्जेल तिम्रै हुनेछु अङ्ग म
हरेक मेरो सासमा तिम्रै भर्नेछु रङ्ग म
छातीमा मुटु रहुन्जेल
शब्दः
संगीतः
स्वरः प्रेमध्वज प्रधान