छातीभित्र लुकाएको माया
मैले देखेँ तिम्रै आँखामा
छातीभित्र लुकाएको माया
मैले देखेँ तिम्रै आँखामा
मैले देखेँ मेरै माया
मैले देखेँ मेरै छायाँ
मैले देखेँ तिम्रै आँखामा
छातीभित्र लुकाएको माया
मैले देखेँ तिम्रै आँखामा
प्रियसीको प्रीत देखेँ श्रृजनाको साथी
अँगालेर खेलेको त्यो मोहनीले बाँधी
प्रियसीको प्रीत देखेँ श्रृजनाको साथी
अँगालेर खेलेको त्यो मोहनीले बाँधी
भुली भुली सारा जन भुली सारा कायाँ
मैले देखेँ तिम्रै आँखामा
छातीभित्र लुकाएको माया
मैले देखेँ तिम्रै आँखामा
मैले देखेँ मेरै माया
मैले देखेँ मेरै छायाँ
मैले देखेँ तिम्रै आँखामा
छातीभित्र लुकाएको माया
मैले देखेँ तिम्रै आँखामा
छातीभित्र लुकाएको माया
मैले देखेँ तिम्रै आँखामा
ममताको माया देखेँ छाती छोपी राख्ने
मुटुभित्र लुकाएर साँची साँची राख्ने
ममताको माया देखेँ छाती छोपी राख्ने
मुटुभित्र लुकाएर साँची साँची राख्ने
हातेमालो गरे पनि जिन्दगीको छायाँ
मैले देखेँ तिम्रै आँखामा
छातीभित्र लुकाएको माया
मैले देखेँ तिम्रै आँखामा
मैले देखेँ मेरै माया
मैले देखेँ मेरै छायाँ
मैले देखेँ तिम्रै आँखामा
छातीभित्र लुकाएको माया
मैले देखेँ तिम्रै आँखामा
मैले देखेँ तिम्रै आँखामा
मैले देखेँ तिम्रै आँखामा
शब्दः कृष्ण जङ्ग राणा
संगीतः नातिकाजी
स्वरः तारा देवी