चन्द्रमा तिमी बनिरहु
चन्द्रमा तिमी बनिरहु
जिन्दगीभर म जून बनुँला
हृदयमा मेरो तिमी रहे
ढुकढुकी भई म धड्की रहुँला
चन्द्रमा तिमी बनिरहु
चन्द्रमा तिमी बनिरहु
जिन्दगीभर म जून बनुँला
पर्दैन जन्जीर नाताको
हाँसो वा आँशु केही पनि
पर्दैन जन्जीर नाताको
हाँसो वा आँशु केही पनि
रुप तिमी बनिरहे
छायाँ भई म सँगै रहुँला
चन्द्रमा तिमी बनिरहु
चन्द्रमा तिमी बनिरहु
जिन्दगीभर म जून बनुँला
पर्दैन कलकल नदीको
सन्ध्याको सुखमय याम पनि
पर्दैन कलकल नदीको
सन्ध्याको सुखमय याम पनि
मौन यी आँखापिच्छे
तिमीलाई टाँसी टाँसी रहुँला
चन्द्रमा तिमी बनिरहु
चन्द्रमा तिमी बनिरहु
जिन्दगीभर म जून बनुँला
शब्द/संगीत/स्वरः बच्चु कैलाश