चाहेका कुरा गरेकै छौ
एकान्तमा भेटेकै पनि छौ
अनि किन भयो? यो कसरी भयो?
अनि किन भयो? यो कसरी भयो?
फेरि पनि हामी अधुरो नै छौ
चाहेका कुरा गरेकै छौ
एकान्तमा भेटेकै पनि छौ
टाढाको चोट सहेकै थियौँ
नगिचैको सुख भोगेकै थियौँ
गुनासोको बलियो आधार बिना
किन हामी अपूरो नै छौ
चाहेका कुरा गरेकै छौ
एकान्तमा भेटेकै पनि छौ
अनि किन भयो? यो कसरी भयो?
अनि किन भयो? यो कसरी भयो?
फेरि पनि हामी अधुरो नै छौ
चाहेका कुरा गरेकै छौ
शंकाको भेल फुटाएकै छौ
मायाको वेग जुटाएकै छौ
दुवैले थाहा नपाएको कारण
किन हामी अधुरो नै छौ
चाहेका कुरा गरेकै छौ
एकान्तमा भेटेकै पनि छौ
अनि किन भयो? यो कसरी भयो?
अनि किन भयो? यो कसरी भयो?
फेरि पनि हामी अधुरो नै छौ
शब्दः विश्वम्भर प्याकुरेल
संगीतः दिपक जंगम
स्वरः दिपक खरेल