चढ्दै जादाँ उकालीमा थाहा छैन कति चढेँ
जति चढेँ उति बढेँ सायद धेरै तल झरेँ
सायद धेरै तल झरेँ
मानिसको जिन्दगीमा चढ्ने रहर नौलो होइन
मानिसको जिन्दगीमा चढ्ने रहर नौलो होइन
सानो डिल उक्लदैमा बढ्ने बानी राम्रो होइन
काँडामाथि टेक्दै हिँडेँ, डाँडामा धेरै चढेँ
जति चढेँ उति बढेँ सायद धेरै तल झरेँ
सायद धेरै तल झरेँ
सानो छदाँ आकाशमा उडुँ उडुँ लाग्ने गर्थ्यो
सानो छदाँ आकाशमा उडुँ उडुँ लाग्ने गर्थ्यो
अग्ला अग्ला टाकुरामा चढुँ चढुँ लाग्ने गर्थ्यो
चिप्लो बाटो धेरै हिँडेँ, टाकुरा धेरै चढेँ
जति चढेँ उति बढेँ सायद धेरै तल झरेँ
सायद धेरै तल झरेँ
शब्दः श्री पुरूष ढकाल
संगीतः न्ह्यु बज्रचार्य
स्वरः दिपक खरेल