चाँदनीमा बग्छ खोलो चल्बलाई बोल्छ पानी
चाँदनीमा बग्छ खोलो चल्बलाई बोल्छ पानी
तीरतिर आज एक्लै हिँड्छ विरही
तीरतिर आज एक्लै हिँड्छ विरही पीर मानी
पीर मानी
चाँदनीमा बग्छ खोलो चल्बलाई बोल्छ पानी
मध्य राति जून लाग्यो रात छरियो
मध्य राति जून लाग्यो रात छरियो
विरह टाढासम्म फैलियो शून्य भरियो
शून्य भरियो
हृदय जोडी प्यार गर्दा रुनु पर्ने बइमानी
हृदय जोडी प्यार गर्दा रुनु पर्ने बइमानी
तीरतिर आज एक्लै हिँड्छ विरही
तीरतिर आज एक्लै हिँड्छ विरही
पीर मानी, पीर मानी
चाँदनीमा बग्छ खोलो चल्बलाई बोल्छ पानी
आशाको धन थोरै बाँकी धैर्य धेरै छैन
आशाको धन थोरै बाँकी धैर्य धेरै छैन
हड्बडाई उनले भेट्न पनि बेर छैन
भेट्न बेर छैन
आज शंका आज चिन्ता विरहकै यो कहानी
आज शंका आज चिन्ता विरहकै यो कहानी
तीरतिर आज एक्लै हिँड्छ विरही
तीरतिर आज एक्लै हिँड्छ विरही पीर मानी
पीर मानी
चाँदनीमा बग्छ खोलो चल्बलाई बोल्छ पानी
चल्बलाई बोल्छ पानी, चल्बलाई बोल्छ पानी
चल्बलाई बोल्छ पानी, चल्बलाई बोल्छ पानी
शब्दः कञ्चन पुडासैनी
संगीतः शम्भुजीत बास्कोटा
स्वरः मिलन चाखु
स्वरः नगेन्द्र श्रेष्ठ