विश्वास गर तिमीसँग पनि एकान्तमा बस्ने धोको छ

हामी दुवैले एक अर्काको अझ धेरैको कुरा सोध्नु छ

मानिसको मुख थुन्न सकिन्न, जे भन्छन् सुनिएकै छ

तर नभनिदेऊ बिन्ती उसलाई
तर नभनिदेऊ बिन्ती उसलाई, तिमीसँग पनि मेरो माया छ
विश्वास गर तिमीसँग पनि एकान्तमा बस्ने धोको छ
नजित्नु पर्ने यो मन तिमीले मलाई किन किन डर लाग्दैछ

खै के भनुँ हामी बन्धनमा छौ
खै के भनुँ हामी बन्धनमा छौ हाम्रो सम्झौता अझै बाँकी छ
विश्वास गर तिमीसँग पनि एकान्तमा बस्ने धोको छ
विश्वास गर तिमीसँग पनि एकान्तमा बस्ने धोको छ
हामी दुवैले एक अर्काको अझ धेरैको कुरा सोध्नु छ
हामी दुवैले एक अर्काको अझ धेरैको कुरा सोध्नु छ
विश्वास गर तिमीसँग पनि एकान्तमा बस्ने धोको छ
शब्दः विश्वम्भर प्याकुरेल
संगीत/स्वरः दीप श्रेष्ठ